चौदण्दीगढी मेयरकपको उपाधी वडा नं. ४ को पोल्टामा
अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता उपाधी वडा नं. ४ ले चुमेको छ।
प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न भएको फाइनल खेलमा वडा नं. १० लाई १ गोलका बिरुद्ध ३ गोल गर्दै वडा नं. ४ ले उपाधी चुमेको हो।
वडा नं १० का शेखर मणि राउतले निर्धारि ७० मिनेटको खेलको चौथो र ६५औं मिनेट गरेको आत्मघाती गोल निर्णायक बन्दा वडा नं. ४ ले उपाधी चुमे...










