कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी सक्रिय

कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी सक्रिय
उदयपुर । कोशी प्रदेशलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अभियान, कृषि पर्यटनदेखि धार्मिक र ग्रामीण पर्यटनसम्म जोड्ने पहल काठमाडौं । कोशी प्रदेशको विशाल पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न नयाँ तथा सम्भावनायुक्त पर्यटकीय गन्तव्यमा प्रवद्र्धनात्मक भ्रमण, अन्तरक्रिया त...

इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम उदयपुरगढी पर्यटनको अथाह सम्भावना

इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम उदयपुरगढी पर्यटनको अथाह सम्भावना
अन्जनी कुमार अधिकारी उदयपुर । नेपालका अधिकांश ऐतिहासिक सम्पदाहरू राजधानी र चर्चित पर्यटकीय केन्द्रहरूमा सीमित छन् भन्ने आम बुझाइ छ । तर देशका विभिन्न कुनाकाप्चामा यस्ता अनेक ऐतिहासिक धरोहरहरू छन्, जसले नेपालको राज्य निर्माण, सभ्यता विकास र सांस्कृतिक यात्राका महत्वपूर्ण अध्यायहरू बोकेका छन। । पूर्वी नेपालको उदयपुर जिल्लामा अवस्थित उदयपुरगढी त्यस्तै एउटा ऐतिहासिक सम्पदा हो, जसले केवल एउटा जिल्ल...

रौतामाई गाउँपालिकाको गाँउसभा ६३ करोड ८७ लाखको बजेट प्रस्तुत

रौतामाई गाउँपालिकाको गाँउसभा ६३ करोड ८७ लाखको बजेट प्रस्तुत
उदयपुर । रौतामाई गाउँपालिकाको १९ औँ गाउँसभामा ६३ करोड ८७ लाखको बजेट प्रस्तुत भएको छ। गाउँपालिका अध्यक्ष विरेन्द्र मगरले गाउँसभामा ६३ करोड ८७ लाखबराबरको आय व्यय प्रस्तुत गरेको जानकारी दिनुभयो।गाउँपालिकाका लेखा अधिकृत भुपध्वज रायमाझीका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ८७ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ। प्रस्तावित आयतर्फ संघीय सरकारको समानीकर...

चौदण्डीगढीको बजेट : सडक कालोपत्रे, अस्पताल सम्पन्नदेखि मुसहर परिवारलाई चाडपर्व खर्चसम्म

चौदण्डीगढीको बजेट : सडक कालोपत्रे, अस्पताल सम्पन्नदेखि मुसहर परिवारलाई चाडपर्व खर्चसम्म
गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३७ करोड नाै लाख पाँच हजार दुई सय १२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न नगरपालिकाको २०औँ नगरसभा बैठकमा उपप्रमुख मणीकादेवी दुलालले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।नगरपालिका प्रमुख कालुमान लामाको अध्यक्षतामा सम्पन्न नगरसभाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा...

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित उद्यमशीलता तालिम सम्पन्न

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित उद्यमशीलता तालिम सम्पन्न
गाईघाट । राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत रोजगार प्रवद्र्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित तीनदिने उद्यमशीलता प्रवद्र्धन तालिम सफलतापूर्वक सम्पन्न भएको छ । नगर उपप्रमुख महेश्वरी राईको अध्यक्षतामा आयोजित तालिमको समापन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मनोज कुमार चौधरी, सहकारी तथा राजस्व शाखा प्रमुख विश्वजित राई, सामाजिक शाखा प्रमुख राजकुमार खड्का तथा प्रशिक...

उदयपुरमा एसइई २०८२ को पूरक परीक्षाको सम्पूर्ण तयारी पूरा

उदयपुरमा एसइई २०८२ को पूरक परीक्षाको सम्पूर्ण तयारी पूरा
गाईघाट । असार १ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाका लागि उदयपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ।शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका अनुसार जिल्लामा दुई वटा परीक्षा केन्द्र कायम गरिएको छ। त्रियुगा माध्यमिक विद्यालय, गाईघाट र अम्बेबर जनता माध्यमिक विद्यालय, राजाबासलाई परीक्षा केन्द्र तोकिएको छ।समन्वय इकाइ प्रमुख भवानी प्रसाद कट्टेलका...

नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा सगरमाथा मोडेल स्कुलकी छात्रा समिक्षा खत्री प्रथम

नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा सगरमाथा मोडेल स्कुलकी छात्रा समिक्षा खत्री प्रथम
गाईघाट ।  त्रियुगा नगरपालिकाद्वारा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा सगरमाथा मोडेल स्कुलकी छात्रा समिक्षा खत्री प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। कक्षा १० मा अध्ययनरत समिक्षाले आफ्नो उत्कृष्ट वक्तृत्व क्षमता, आत्मविश्वासपूर्ण प्रस्तुति तथा विषयवस्तुको प्रभावकारी अभिव्यक्तिका माध्यमबाट प्रतियोगितामा सहभागी अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान प्राप्त गरेकी हुन्।यस उल...

आइएमई लाइफद्वारा बर्दिवासमा एजेन्सी म्यानेजरलाई ‘नेक्स्ट लेभल’ प्रशिक्षण सम्पन्न

आइएमई लाइफद्वारा बर्दिवासमा एजेन्सी म्यानेजरलाई ‘नेक्स्ट लेभल’ प्रशिक्षण सम्पन्न
युवराज कार्की (सन्तोष)बर्दिबास । आइएमई लाइफले मधेस प्रदेशभरिका उत्कृष्ट व्यवसायी लिडर तथा एजेन्सी म्यानेजरहरूको नेतृत्व क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘नेक्स्ट लेभल’ नामक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।जेठ ९ गते शनिबार बर्दिवासस्थित नबिना होटलमा आयोजित कार्यक्रममा मधेस प्रदेशका उत्कृष्ट व्यवसायी लिडर, एमडीआरटी (MDRT), सिनियर एजेन्सी म्यानेजर तथा एजेन्सी म्...

उदयपुरको चौदण्डीगढी नगरपालिकामा घट्यो बेरुजु, आर्थिक अनुशासनमा सुधार

उदयपुरको चौदण्डीगढी नगरपालिकामा घट्यो बेरुजु, आर्थिक अनुशासनमा सुधार
अन्जनी कुमार अधिकारी उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ले पछिल्ला वर्षहरूमा आर्थिक अनुशासन र वित्तीय सुशासनमा उल्लेख्य सुधार गर्दै बेरुजु दरलाई न्यूनतम स्तरमा झार्न सफल भएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार नगरपालिकाले पाँच आर्थिक वर्षको अवधिमा बेरुजु प्रतिशत निरन्तर घटाउँदै चालु आर्थिक वर्ष २०८१/०८२ मा ०.७५ प्रतिशतमा सीमित गरेको हो । महालेखा परीक्षकको प्रतिवेदनले चौदण्डीगढी नगरपालि...

उदयपुर सुनचाँदी व्यवसायी संघद्वारा बाणिज्य महासंघमा निर्वाचित केन्द्रीय सदस्यको सम्मान

उदयपुर सुनचाँदी व्यवसायी संघद्वारा बाणिज्य महासंघमा निर्वाचित केन्द्रीय सदस्यको सम्मान
गाईघाट । उदयपुर सुनचाँदी व्यवसायी संघले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय समितिमा निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ । संघले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाल उद्योग बाणिज्य महासंघमा निर्वाचित तिन केन्द्रीय सदस्यलाई सम्मान गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघको भर्खरै सम्पन्न केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित प्रयास कार्की, रमेश रसाईली र विकास सारदालाई बधाई...