पाकेको इँटा
गाउँमा एक जना दाजै छन् । कस्तै अवस्थामा पनि उनलाई विचलित बनेको देखेको छुइनँ । जस्तै संकटका घडीमा पनि उनी शान्त रहन्छन् । जस्तै विपतका घडीमा पनि उनी धीरज राख्छन् । उहाँको जीवनमा अनेकन शोकका घडीहरु आएका छन्, ती क्षणमा पनि उहाँलाई अकम्प अविचल देखेको छु । शौखको घडी होस् या शोकको घडी होस् दुवै अवस्थामा एकनास मुद्रामा रमण गरिरहेको देख्छु ।जीवनका कस्तै प्रतिकूलताले पनि उनलाई आजसम्म डम्मगाउन सकेको छै...








