
अन्जनी कुमार अधिकारी
बेल्टार। गत पौष २ गतेबाट चौदण्डीगढी नगरपालिकामा संचालित चौथो मेयर कप फुटबल प्रतियोगिताको बुधवार सम्पन्न खेलमा वडा नं १० बिजयी भएको छ। प्रतियोगिता अन्तर्गत बुधवार भएको अन्तिम क्वाटर फाइनल खेलमा वडा नं ८ लाई ० का बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै वडा नं १० बिजयी भएको हो। वडा नं ८ लाई निर्धारित समयमा १-० गोल अन्तरले पराजित गरेको वडा नं १० सेमीफाइनलमा प्रवेस गरेक छ।
बुधवार भएको अन्तिम क्वाटर फाइनल खेलमा वडा नं १० लाई जित दिलाउन जर्सी नं १० का राम मगरले खेलको ४४औं मिनेट गोल गरेका थिए। खेलको पहिलो हाल्फ गोल रहित बराबरीमा सकिएको थियो। वडा नं १० का राम मगरले गरेको गोल निर्णयक हुँदा वडा नं १० ले सेमिफाइन यात्रा तय गर्न सफल भएको हो। बुधवार भएको खेल्मा म्यान अफ द म्याच वडा नं १० जर्सी नं १० का राम मगर भएका थिए।
पौष २ गतेबाट संचालित चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार हुने पहिलो सेमिफाइनल खेल वडा नं ६ र वडा नं ४ बिच दिउसो २:३० बजे बाट नगरको वडा नं ७ स्थित रामप्रसाद राइ रंगशालामा सुरु हुने आयोजक चौदण्डीगढी नगरखेलकुद बिकास समितीका सचिव अनुपाराज खत्रीले जानकरी दिएका छन।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


