अन्जनी कुमार अधिकारी
बेल्टार। चौदण्डीगढी नगरपालिकामा संचालित चौथो मेयर कप फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा वडा नं ४ बिजयी भएको छ। प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा वडा नं ९ लाई ० का बिरुद्ध ७ गोल अन्तरले पराजित गर्दै वडा नं ४ बिजयी भएको हो। वडा नं ९ लाई फराकिलो गोल अन्तरले पराजित गरेको वडा नं ४ सेमीफाइनलमा प्रवेस गरेक छ।
मंगलबार भएको खेलमा वडा नं ४ लाई जित दिलाउन जर्सी नं १५ का निस्चल राइले खेलको १०औ मिनेट, ४४औं र ४५औं मिनेटमा गरी ३ गोले गरे भने क्यापटेन समेत रहेका जर्सी नं ८ का नवल तमाङले खेलको २४औं र ५९औं मिनेटमा गरी २ गोल गरे। वडा नं ४ लाई जित दिलाउन जर्सी नं ९ का संगम मगरले ७४औं मिनेट र जर्सी नं १४ का बमुन राइले ७५औं मिनेटमा गरी समान एक एक गोल गरे। मंगलबार भएको खेल्मा म्यान अफ द म्याच वडा नं ४ जर्सी नं १५ का निस्चल राइ भएका थिए।
प्रतियोगिता अन्तर्गत बुधवार वडा नं ८ र वडा नं १० बिच दिउसो २:३० बजे बाट नगरको वडा नं ७ स्थित रामप्रसाद राइ रंगशालामा खेल सुरु हुने आयोजक चौदण्डीगढी नगरखेलकुद बिकास समितीका सचिव अनुपाराज खत्रीले जानकरी दिएका छन।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

