अन्जनी कुमार अधिकारी
बेल्टार। गत कार्तिक ११ गते शुक्रबारदेखी चौदण्डीगढी नगरपालिका वडा नं ५ बेल्हामा जारी आठौं संस्करणको “थारू युवा खुल्ला फुटबल प्रतियोगिता”को उपाधी लक्ष्मीपुर एफ.सि.ले चुमेको छ।
बुधवार सम्पन्न फाइनल खेलमा आयोजक समेत रहेको कालिका थारु युवा समुहलाई १-० गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुरले उपाधी कब्जा गरेको हो। आठौं संस्करणको थारु युवा खुल्ला फुटबल प्रतियोगिताको बुधवार भएको फाइनल खेल लक्ष्मिपुर एफ.सि. र कालिका थारु युवा समुह आमनुसामुन्ने भएका थिए।
बुधवार सम्पन्न फाइनल खेलको पहिलो हाफ दुबै टोलिले गोल रहित बराबरी खेलेका थिए। खेलको दोश्रो हाफको अन्तिम ७९औं मिनेटमा लक्ष्मिपुरका जर्सि नम्बर १९ का अनुराग चौधरी गोलगर्दै आफ्नो टोलीलाई १-० गोलको अग्रता दिलाएका थिए। खेलको निर्धारित समयमा थापा गोल नहुँदा अनुराग चौधरीकै गोल निर्णयक बन्न पुगेको थियो। चौधरीको गोल निर्णयक हुँदा आफ्नो टिम १-० गोल अन्तरले बिजय उपाधी रक्षा गर्न सफल बनेको थियो।
कार्तिक ११ गते बाट शुरु भएको आठौं संस्करणको थारु खुल्ला फुटबल प्रतियोगितामा बिजेता बनेको लक्ष्मिपुर एफ.सि.ले नगद २० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो भने उपबिजेता बनेको आयोजकले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र चित्त बुझाएको थियो।

कृपया यो पेज Like गर्नु होला


प्रतियोगिताको म्यान अफ दि म्याच फाइनले खेलको निर्णयक गोल कर्ता अनुराग चौधरि र राईजिङ्ग प्लेयर कालिका टिमका उमाकान्त चौधरीलाई जनहि ट्रफि र नगद सहित पुरस्कृत गरिएको थियो ।
कालिका थारु युवा समुहको आयोजनामा शुरु गरिएको कार्यक्रममा बिजेता, उपबिजेता सबैलाई प्रमुख अतिथि नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति खगेन्द्र राई , बिशेश अतिथि वडा नम्बर-५ का अध्यक्ष तुलसिराम ढकाल, वडा सदस्यहरुले सम्मान गरेका थिए।

 

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया