
अन्जनी कुमार अधिकारी
बेल्टार। गत पौष २ गतेबाट उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा संचालित चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनलमा वडा नं ४ विजयी भएको छ। प्रतियोगिता अन्तर्गत बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ६ लाई २ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै वडा नं ४ बिजयी भएको हो। वडा नं ६ लाई निर्धारित ७० मिनेटको समयमा ४-२ गोल अन्तरले पराजित गरेको वडा नं ४ फाइनलमा प्रवेस गरेक छ।
बिहीवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नं ४ लाई जित दिलाउन जर्सी नं ८ का नवल तामाङले खेलको १५औं मिनेट पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै गोल गरेपछि वडा नं. ४ ले सुरुवाती अग्रता लिएको थियो। खेलको ३०औं र ३६औं मिनेटमा वडा नं. ४ का जर्सी नं. १७ का सागर राइले थप २ गोल गर्फै आफ्नो टिमलाई ३-० को अग्रता दिलाएका थिए।
खेलको दोश्रो हाल्फको ४८औं मिनेटमा वडा नं ६ का अर्जुन खतिवडाले गोल गर्दै खेल ३-२ को अवस्थामा ल्याएका थिए भने दोश्रो हाल्फकै ६८औं मिनेटमा वडा नं ४ ले पेनाल्टिको अवसर पाउदा जर्सी नं. १७ का सागर राइले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाइ ४-१ को अवस्थामा पुर्याएका थिए। खेलको अतिरिक्त समयको ७१औं मिनेटमा वडा नं ६ का अनिश बस्नेतले एक गोल गरेका भएपनी जितको लागी प्रयाप्त नहुँदा वडा नं ६ स्तब्ध भएको हो।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोश्रो सेमिफाइनल खेल वडा नं १० र वडा नं ७ आमुनेसामुने हुने आयोजक चौदण्डीगढी नगरखेलकुद बिकास समितीले जनएको छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


