अन्जनी कुमार अधिकारी
बेल्टार। चौदण्डीगढी नगरपालिकाको वडा नं ५ बेल्हामा हिजो शुक्रबार बाट सुरु भएको “आठौं संस्करणाकाे थारू युवा खुल्ला फुटबल प्रतियोगिता” अन्तरगत शनिवार दुई खेल भएका थिए। शनिवार सम्पन्न पहिलो खेलमा आयोजक टिम बेल्हा विजयी भएको थियो भने शनिवारनै भएको दोश्रो खेलमा लक्ष्मिपुर एफ.सी. विजयी भएको थियो।
शनिवार भएको पहिलो खेलमा आयोजक कालिका एफ.सि. र पोर्ताहा एफ.सि. आमनुसामुन्ने भएका थिए। आयोजक कालिका एफ.सि. र पोर्ताहा एफ.सि.  बीच भएको खेलको निर्धारित समयमा दुबै टोलिले गोल रहित बराबरी खेलेपछी खेल ट्राइबेकरमा गएको थियो। ट्राइबेकरमा पोर्ताहा एफ.सि. लाई २ गोलका बिरुद्ध ४ गोल गर्दै आयोजक समेत रहेको कालिका एफ.सी. बिजयी भएको थियो।
शनिवारनै भएको दोश्रो खेलमा जन ज्योति युवा क्ल्ब बसाहा र लक्ष्मीपुर एफ.सि. आमनुसामुन्ने भएका थिए। खेलमा लक्ष्मीपुर एफ.सि. 1 विजयी गोल का बिरुद्ध ३ गोल गर्दै विजयी भएको थियो। खेलमा लक्ष्मिपुर को तर्फबाट जर्सि नम्बर १७ का जय किशोर चौधरीले पहिलो हाफको ११ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २०औं मिनेटमा जन ज्योति युवा क्ल्ब बसाहाका जर्सी नं ८ का सुनिल चौधरीले आफ्नै पोस्टमा गोल गर्दा लक्ष्मिपुर एफ.सी. खेलको पहिलो हाल्फमा २-० गोलको अग्रतामा रहेको थियो। खेलको दोश्रो हाल्फको ३५ औं मिनेट लक्ष्मिपुर एफ.सि. को तर्फबाट जर्सि नम्बर ४ का लक्ष्मि चौधरी गोल गर्दै आफ्नो टिमलाई ३-० को अग्रता दिलाएका थिए। शान्तोना स्वरुप जन ज्योति क्लव बसाहाका जर्सी नं ७ का सुरेश चौधरीले खेलको ४६औं मिनेटमा १ गोल गरेका थिए। शान्तोना स्वरुप जन ज्योती क्लव बसाहाले १ गोल गरेको भए पनि लक्ष्मिपुर ३-१ गोल अन्तरले विजयी भएको थियो।
प्रतियोगिता अन्तरगत भोलिको पहिलो खेल NSYC बेल्हा र मोतिगडा एफ.सि. बिच हुने छ भने दोश्रो खेल लक्ष्मिपुर एफ.सि. र ज्यामिरे एफ.सि. बिच हुने भाष्कर चौधरीले जानकारी दिनुभएको छ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया