
अन्जनी कुमार अधिकारी
बेल्टार। गत असोज ६ गते उद्घाटन भएको “बेल्टार खसी कप-२०७९” को उपाधि श्रिपञ्चमी”A” ले आफ्नो पोल्टामा पार्न सफल भएको छ। प्रतियोगिता अन्तर्फत शनिबार सम्पन्न फाइनलखेलामा श्रिपञ्चमी”A”ले लाङ्घाली लाफा चोकलाई ५-३ गोल अन्तरए पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो।
आज सम्पन्न फाइनल खेलको पहिलो हाल्फमा श्रिपञ्चमी”A” ३ र लाङ्घाली लाफा चोक २ गोलको अवस्थामा रहेका थिए। मध्यानतर पस्चात श्रिपञ्चमी”A” ले थप २ गोल गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो।
प्रतियोगिताको बिजेता श्रिपञ्चमी”A” ले अन्दाजी ३० केजीको खसी, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको लाङ्घाली लाफा चोकले १० केजी लोकल कुखुरा सहित ट्रफी, मेडल, प्रमाण पत्रमा चित्त बुझाएको छ।
दुई दशक लामो ईतिहास बोकेको “बेल्टार खसी कप” हरेक वर्ष विजया दशमी र दिपावलीको अवसरमा बेल्टारमा आयोजना गर्दै आइएको प्रतियोगिता हो। यो प्रतियोगितामा प्रथम हुने टिमले अर्को बर्षको “बेल्टार खसी कप” को आयोजना गर्नु पर्ने हुन्छ। अब अर्को बर्ष (२०८०) बेल्टार खसी कपको आयोजना श्रिपञ्चमी”A” ले गर्नु पर्ने छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


