अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता उपाधी वडा नं. ४ ले चुमेको छ।
प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न भएको फाइनल खेलमा वडा नं. १० लाई १ गोलका बिरुद्ध ३ गोल गर्दै वडा नं. ४ ले उपाधी चुमेको हो।
वडा नं १० का शेखर मणि राउतले निर्धारि ७० मिनेटको खेलको चौथो र ६५औं मिनेट गरेको आत्मघाती गोल निर्णायक बन्दा वडा नं. ४ ले उपाधी चुमेको हो।
वडा नं १० को तर्फबाट २५औं मिनेटमा जर्सी नं. ११ का बिनोद केसी ले गोल गरेका भए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन। भने वडा नं ४ लाई फराकिलो जित दिलाउन जर्सी नं. १८ का प्रदिप कार्की ले एक गोल गरेका थिए।
बिजेता बनेको वडा नं ४ नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता बनेको वडा नं १० ले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।
प्रतियोगिता अन्तर्गत फाईनल खेलमा म्यान अफ् दि म्याचको उपाधी वडा नं ४ पवन कार्कीलाई घोषणा गरिएको थियो भने बेस्ट गोल किपर वडा नम्बर ४ कै निशान कार्की, बेस्ट डिफेन्डर बसहाकै रुपेश राई, बेस्ट मिड फिल्डर बसहाकै नवल तामाङ्ग र बेस्ट स्ट्राईकर वडा नम्बर १० हडियाका बिनोद केशी तथा उदयमान खेलाडीको उपाधी वडा नम्बर ६ बेल्टारका अनिस बस्नेतलाई घोषणा गरिएको थियो।
प्रतियोगिता भरीमा उच्च गोलकर्ताको उपाधी वडा नं ४ कै निश्चल राईले प्राप्त गरेका छन् भने उत्कृष्ट प्रशिक्षकको उपाधी वडा नम्बर ४ बसहाकै केशव राई भएका थिए। उपाधी विजेता तथा उपबिजेताहरुलाई नगर उप प्रमुख मणिकादेवी दुलाल, निवर्तमान नगर प्रमुख खगेन्द्र राई, प्रमुख प्रशासकिय अधिकृत चित्रप्रसाद गुरागाँई वडा अध्यक्षहरु लगायतले पुरुस्कार बितरण गरेका थिए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

