
अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता अन्तर्गतको दोश्रो सेमिफाइनलमा वडा नं १० विजयी भएको छ। प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोश्रो सेमिफाइनल खेलमा वडा नं ७ लाई ३ गोलका बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै वडा नं १० बिजयी भएको हो। वडा नं ७ लाई निर्धारित ७० मिनेटको समयमा ४-३ गोल अन्तरले पराजित गरेको वडा नं १० फाइनलमा प्रवेस गरेक छ।
शुक्रवार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा वडा नं १० लाई जित दिलाउन जर्सी नं ४ का सरोज बस्नेतले खेलको दोश्रो मिनेटमा पाएको फ्रीकिकलाई गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३२ मिनेटमा वडा नं १० का खेलाडीले डिबक्स भित्र फल गरेपछी वडा नं ७ले पेनाल्टी पाएको थियो। पेनाल्टीलाई सदुपयोग गर्दै जर्सी नं १९ का आशिस राइले खेल बराबरिमा ल्याएका थिए तर खेलको ३२औं मिनेटमा वडा नं १० का सरोज बस्नेतले पुन: उत्कृष्ट गोल गरे पछी वडा नं १० ले अग्रता कायम गरेको थियो। खेलको ३०औं मिनेटमा वडा नं. १० का जर्सी नं. ११ का बिनोद केसीले गोल गर्फै आफ्नो टिमलाई ३-१ को अग्रता दिलाएका थिए। खेलको ६५औं मिनेटमा वडा नं ७ का जर्सी नं ३ का मानिक राइले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्याएका थिए। भने वडा नं १० का जर्सी नं १० कै राम थापा मगरले खेलको ७०औं मिनेटमा गोल गर्दै खेललाई ४-२ को अवस्थामा पुर्याएका थिए। वडा नं ७ का लागि सान्तोना स्वरुप जर्सी नं २ का रभिलाल पुरीले खेलको अतिरिक्त समयको ७५औं मिनेटमा गोल गरेको भएपनी जित भने दिलाउन सकेनन।
साबिक बिजेता समेत रहेको वडा नं ७ लाई पराजित गर्न नायक बनेका वडा नं १० का सरोज बस्ने खेलको म्यान अफ द म्याच बने।
पौष २ गतेबाट संचालित चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आईतवार फाइनल खेल हुने आयोजकले जनाएको छ। साबिकको उपबिजेता रहेको वडा नं १० ले आईतवार फाइनलमा वडा नं ४को सामना गर्ने छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


