उदयपुरमा हुने राष्ट्रिय आर्चरी खेलको तयारी अन्तिम चरणमा
उदयपुर, पुस ८ । जिल्लामा पहिलो पटक हुने भनिएको सातौं राष्ट्रिय आर्चरी खेल प्रतियोगिताको तयारी अन्तिम चरनमा पुगेको छ ।आगामी पुस ९ देखि ११ गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सन्चालन हुने सो खेलको तयारी अन्तिम चरनमा पुगेको आयोजकले जनाएको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त खेल ३ विद्यामा सन्चालन हुने समेत आयोजकले जनाएको छ । ब्यवस्थापन समितिका संयोजक किरण राईले प्रतियोगिताका लागि देशभर...






