football-teem-nepalकाठमाडौं–एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई मासिक पाँच हजारको दरले वार्षिक ६० हजार रुपैयाँ भत्ता दिन प्रस्ताव गरिएको छ ।

कृपया यो पेज Like गर्नु होला

अफिसियल खेलकुद प्रतियोगितामा सहभागि भएर पदक हाँसिल गर्दै देशको नाम राख्न सफल खेलाडीहरुलाई बीमा, स्वास्थ्य र यातायात सुविधा कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे अध्ययन गर्नका लागि गठन भएको कार्यदलले आईतबार प्रतिवेदन बुझाउँदै यस्तो प्रस्ताव गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र कुमार पौडेलको नेतृत्वमा गठन भएको ‘खेलाडी सुविधा सुझाव कार्यदल’ ले आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टलाई बुझाएको प्रतिवेदनमा एशियाली खेलकुदका पदक विजेता तथा दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीहरुलाई मात्र मासिक पाँच हजारको दरले भक्ता उपलब्ध गराउन प्रस्ताव गरिएको छ ।

कार्यदलका संयोजक उपेन्द्र पौडेलका अनुसार एशियाली खेलकुदमा हालसम्म नेपालले एक रजत र २२ कास्य पदक जित्न सफल भएको छ । एशियाली खेलकुदमा पदक जित्ने नौ जना खेलाडी मध्ये दुई जना सम्पर्क बाहिर भएको हुनाले सात जना खेलाडीलाई भत्ता उपलब्ध गराउन प्रस्ताव गरिएको छ ।
त्यस्तै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा हालसम्म नेपालले ७१ स्वर्ण पदक जित्न सफल भएको छ । फुटवल र टेवलटेनिस सहित दक्षिण एशियाली खेलकुदका स्वर्णधारी १३३ जना खेलाडीले भत्ता पाउने भएपनी विदेशमा लुकेका २९ जना खेलाडीको सम्वन्धमा भने कार्यदलले केही बोलेको छैन । त्यस्तै सागमा स्वर्ण जित्ने दुई जना खेलाडीको मृत्यु भएकाले उनिहरुको परिवारलाई मेडल बापतको मासिक पाँच हजार भत्ता उपलब्ध गराउन प्रस्ताव गरिएको छ ।
goldपदक विजेता खेलाडीहरुका लागी कार्यदलले सिफारिस गरे अनुसारको सुविधा रकम केही समयमै उपलब्ध गराइने जानकारी दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टले भने, ‘विदेशमा रहेका खेलाडीहरु र मृतकको हकमा के गर्ने भन्नेबारे अर्को प्रस्ताव ल्याउन कार्यदललाई भनेका छौं ।’
कार्यदलले मृत्यु भएका खेलाडीको परिवारलाई जिवित खेलाडी सरह भत्ता दिन सिफारिश गरेपनी पदक जितेर विदेशमै लुकेका खेलाडीको हकमा कुनै सिफारिस गरेको छैन ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया