92571712_costaलण्डन – डिएगो कोस्टाको सिजनको १० औँ गोलको मद्दतले चेल्सीले मिडल्सब्रोलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । चेल्सीको यो लगातार छैटौँ जीत हो ।

कृपया यो पेज Like गर्नु होला

खेलको शुरुवातदेखि मिडल्सब्रोमाथि दबाब बनाएको चेल्सीले पहिलो हाफ सकिन लाग्दा कोस्टाको गोलको मद्दतले अग्रता लिएको थियो ।
खेलको दोस्रो हाफमा पनि चेल्सीले थुप्रै अवसरहरु सृजना गरेको थियो तर त्यसलाई गोलमा भने परिणत गर्न सकेन ।

मिडल्सब्रोले एक पटक मात्र चेल्सीका गोलकिपर थियाबट कोर्टवालाई परिक्षण गरेको थियो ।

जीतसँगै लिभरपुल र म्यान्चेस्टर सिटीलाई उछिन्दै चेल्सी शीर्ष स्थानमा पुगेको छ ।

कोस्टा यस सिजन दोहोरो अंकमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । कोस्टाले पछिल्ला ७ मध्ये ६ वटा अवे खेलहरुमा गोल गरेका छन् । यस क्रममा उनले ७ गोल गरेका छन् ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया