लन्डन– बेलायतका एन्डी मुर्रेले पाँच पटकको च्याम्यिन नोभाक जोकोभिचलाई हराउँदै पहिलो पटक एटिपी वल्र्ड टुर फाइनलको उपाधि उचालेका छन् । योसँगै उनी बरियतामा शीर्ष स्थानमा कायम रहेका छन् ।
शीर्ष बरियता समेत दाउमा रहेको यो खेलमा मुर्रेले ६–३ ६–४ ले खेल आफ्नो पक्षमा पारे ।
लन्डनको ओ टु एरिनामा भएको खेलपछि मुर्रेले भने, ‘म जीतका लागि निकै खुसी छु । विश्व नम्बर एक बन्नु मेरो लागि विशेष महत्व राख्छ । यस्तो खेलमा जोकोभिचसँग खेल्न पाउन रमाइलो लागिरहेको छ ।’
२९ वर्षीय मुर्रे पछिल्ला २४ खेलमा अपराजित रहेका छन् ।
योसँगै उनले जोकोभिचको लगातार ४ वर्ष उपाधिमा कब्जा जमाएको श्रृंखलाको अन्त्य गरेका छन् । सर्बियन खेलाडीको रोजर फेडरेरको ६ वटा उपाधि जितेको किर्तिमानलाई बराबरी गर्ने सपनामा पनि धक्का लागेको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

