nepali-cricket-team काठमाडौं ७ मंसिर । स्कटल्याण्डको राष्ट्रिय क्रिकेट टोलीका कप्तान प्रेष्टोन मोम्मसेनले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यासको घोषणा गरेका छन् ।

कृपया यो पेज Like गर्नु होला

सन् २०१० मा नेदरल्याण्ड्सबिरुद्धको खेलमा अन्तर्राष्ट्रिय एकदिवशीयमा डेब्यु गरेका उनले त्यसयता ४२ खेलमा ११०१ रन बनाएका छन् । त्यस्तै २४ टि-२० मा उनले ४१९ रन बनाएका छन् । सन् २०१३ यता टोलीको कप्तानमा जिम्मेबारी संहालेका उनी स्कटिस टोलीमा सबैभन्दा धेरै समय कप्तान रहने खेलाडी पनि हुन् ।

सोमबारको पत्रकार सम्मेलनमा उनले भने, ‘मैले निक्कै सोचबिचार गरेर यो निर्णयमा पुगेँ कि मैले स्कटल्याण्डको कप्तान तथा टोलीको सदस्यको रुपमा सम्झौता नवीकरण गर्नेछैन । मलाइ कर्पोरेट जगतबाट निक्कै रोमाञ्चक र आकर्षक अफर आयो ।’

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले २०१४ मा उनलाई एशोसियट तथा अफिलिएट क्रिकेटर अफ द इयरको उपाधीबाट सम्मानित गरेको थियो । त्यसबर्ष उनले लगातार दुई शतक प्रहार गरेका थिए । युएईबिरुद्धको १३९ रन उनको जीवनकै उत्कृष्ट पारी हो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया