गाईघाट ।  त्रियुगा नगरपालिकाद्वारा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा सगरमाथा मोडेल स्कुलकी छात्रा समिक्षा खत्री प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। कक्षा १० मा अध्ययनरत समिक्षाले आफ्नो उत्कृष्ट वक्तृत्व क्षमता, आत्मविश्वासपूर्ण प्रस्तुति तथा विषयवस्तुको प्रभावकारी अभिव्यक्तिका माध्यमबाट प्रतियोगितामा सहभागी अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान प्राप्त गरेकी हुन्।

कृपया यो पेज Like गर्नु होला

यस उल्लेखनीय उपलब्धिप्रति विद्यालय परिवारले खुसी व्यक्त गरेको छ। विद्यालयका प्रिन्सिपल पुरुषोत्तम सापकोटाले समिक्षालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनको सफलताले विद्यालयको गौरव र प्रतिष्ठा अझ उँचो बनाएको बताए। उनले विद्यार्थीहरूको प्रतिभा विकासका लागि विद्यालयले निरन्तर शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे।

साथै, समिक्षाको सफलता अन्य विद्यार्थीहरूका लागि पनि प्रेरणाको स्रोत बनेको प्रिन्सिपल सापकोटाको भनाइ छ। विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले समेत उनको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना दिएका छन्।

त्रियुगा नगरपालिकाको अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित सगरमाथा मोडेल स्कुलले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको नेतृत्व क्षमता, सिर्जनशीलता र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको छ। समिक्षा खत्रीको यो सफलता विद्यालयको गुणस्तरीय शिक्षाको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया