उदयपुर । रौतामाई गाउँपालिकाको १९ औँ गाउँसभामा ६३ करोड ८७ लाखको बजेट प्रस्तुत भएको छ। गाउँपालिका अध्यक्ष विरेन्द्र मगरले गाउँसभामा ६३ करोड ८७ लाखबराबरको आय व्यय प्रस्तुत गरेको जानकारी दिनुभयो।

गाउँपालिकाका लेखा अधिकृत भुपध्वज रायमाझीका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ८७ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ।

कृपया यो पेज Like गर्नु होला

प्रस्तावित आयतर्फ संघीय सरकारको समानीकरण अनुदानबाट १० करोड ३६ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट ८८ लाख ८९ हजार, आन्तरिक आयबाट ९८ लाख ५० हजार, संघीय सरकारको राजस्व बाँडफाँडबाट ९ करोड ९९ लाख ४ हजार तथा संघीय सरकारको सशर्त अनुदानबाट ३२ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी व्ययतर्फ चालु तथा प्रशासनिक खर्चका लागि ११ करोड ४२ लाख ७५ हजार ४ सय ३३ रुपैयाँ विनियोजन गरिएको छ। भौतिक पूर्वाधार विकासका लागि १२ करोड ४२ लाख ५३ हजार, सामाजिक विकासतर्फ २ करोड १ लाख १० हजार ५ सय ६७, आर्थिक विकासतर्फ ८१ लाख, विपद् व्यवस्थापनतर्फ ७५ लाख तथा सुशासन तथा संस्थागत विकासतर्फ ६४ लाख रुपैयाँ विनियोजन गरिएको लेखा अधिकृत रायमाझीले जानकारी दिनुभयो।

गाउँसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै आवश्यक निर्णयहरू समेत गरेको गाउँपालिका अध्यक्ष मगरले बताउनुभयो।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया