युवराज कार्की (सन्तोष)

कृपया यो पेज Like गर्नु होला

बर्दिबास । आइएमई लाइफले मधेस प्रदेशभरिका उत्कृष्ट व्यवसायी लिडर तथा एजेन्सी म्यानेजरहरूको नेतृत्व क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘नेक्स्ट लेभल’ नामक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

जेठ ९ गते शनिबार बर्दिवासस्थित नबिना होटलमा आयोजित कार्यक्रममा मधेस प्रदेशका उत्कृष्ट व्यवसायी लिडर, एमडीआरटी (MDRT), सिनियर एजेन्सी म्यानेजर तथा एजेन्सी म्यानेजर गरी १०१ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा व्यवसाय विस्तार, बजार व्यवस्थापन तथा बीमा क्षेत्रका चुनौती र अवसरबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

मधेस प्रदेश प्रमुख  ओम प्रकास राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले एजेन्सी व्यवसायको वर्तमान अवस्था, भविष्यका सम्भावना तथा लक्ष्यप्रतिको प्रतिबद्धताबारे धारणा राख्नुभयो। उहाँले कम्पनीका विभिन्न स्किमको प्रभावकारी कार्यान्वयनमार्फत अभिकर्ताहरूलाई हालको स्तरबाट ‘नेक्स्ट लेभल’ मा कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण मार्गदर्शन दिनुभएको थियो।

कार्यक्रम सञ्चालन गर्दै बजार प्रमुख सुर्य गिरीले एजेन्सी संरचनालाई थप सुदृढ र व्यवसायमुखी बनाउन म सधैं आफ्ना एजेन्सीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्षेत्रीय प्रमुख श्रवण कुमार गुप्ताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा मधेस प्रदेशभरिका विभिन्न शाखा प्रमुखहरूको समेत विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा मोटिभेसनल प्रशिक्षक डा विपी रेग्मी तथा योग गुरु चन्द्र चाम्लिङ्ग बाट व्यावसायिक सिकाइ, रणनीतिक ज्ञान, क्षमता विकाससँगै स्वस्थ जीवनशैली योग ध्यान अपनाउने  विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो।

यसै अवसरमा बीमा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने लिडर तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान समेत गरिएको थियो। प्रशिक्षणपछि सहभागीहरूले यस्ता कार्यक्रमले आफूहरूमा नयाँ ऊर्जा तथा व्यावसायिक आत्मविश्वास थपिएको प्रतिक्रिया दिएका छन्। साथै, आगामी दिनमा पनि क्षमता अभिवृद्धिमूलक यस्ता कार्यक्रमलाई निरन्तरता दिन कम्पनी व्यवस्थापनसँग आग्रह गरेका छन्।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया