गाईघाट । उदयपुर सुनचाँदी व्यवसायी संघले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय समितिमा निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ ।
संघले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाल उद्योग बाणिज्य महासंघमा निर्वाचित तिन केन्द्रीय सदस्यलाई सम्मान गरेको हो ।
नेपाल उद्योग बाणिज्य महासंघको भर्खरै सम्पन्न केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित प्रयास कार्की, रमेश रसाईली र विकास सारदालाई बधाई तथा सम्मान गरेको छ ।
केन्द्रीय सदस्यमा निर्वाचित कार्की उदयपुर उद्योग बाणिज्य संघबाट प्रतिनिधित्व गर्दै दोस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।
बिगत ५ बर्ष देखि निरन्तर कर बढी तिर्ने व्यवसायीको परिचय समेत बनाउनु भएका कार्कीले संघको निर्वाचनमा खुल्ला तर्फको कार्यकारीणी सदस्यमा सबै भन्दा बढी मत ल्याउन सफल हुनु भएको थियो भने रसाईल कोशी प्रदेशको भुगोल तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
त्रियुगा उद्योग बाणिज्य संघको नेतृत्व समेत गरिसक्नु भएका रसाईली हाल कोशी प्रदेश सुनचादी व्यवसायी संघको प्रदेश अध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरी मधेश प्रदेशको कोटाबाट केन्द्रीय सदस्यमा बिजयी विकास सारदालाई समेत बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा उदयपुरबाट एसइईमा उत्कृष्ट अंक ल्याउने व्यवसायी परिवारका सन्ततीलाई समेत सम्मान गरिएको थियो । उत्कृष्ट अंक ल्याउने साक्षी दियाली र लावन्यराज सर्मालाई सम्मान गरिएको सुनचादी व्यवसायी संघका महासचिव प्रदिप बराइली जानकारी दिनु भयो ।
कार्यक्रमा सुनचादी व्यवसायी संघका अध्यक्ष राज प्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कटारी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुस्कर खड्का त्रियुगा उद्योग बाणिज्य संघका महासचिव रुपम अनुराग गुप्ता पत्रकार महासंघ उदयपुरका सचिव तुलसी कोईराला र पत्रकार सन्तोष कार्की लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा सुनचादी व्यवसायीहरु जय प्रकास जगमेर शम्भु लुवागन गजेन्द्र बराईली शकर साह लगाएतको उपस्थिती रहेको थियो ।

Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

