चेल्सीको किर्तिमानी विजयी यात्रा जारी, लिभरपुलद्वारा सिटी पराजित
पुस १६ | एजेन्सीलण्डन – चेल्सीले निकै रोमाञ्चक खेलमा स्टोक सिटीलाई ४–२ ले हराउँदै शीर्ष स्थानमा पकड बलियो बनाएको छ ।प्रिमियर लिगमा चेल्सीको यो लगातार १३ औँ जित हो । योसँगै चेल्सीले प्रिमियर लिगमा लगातार १३ खेल जितेको किर्तिमान बराबरी गरेको छ । यसअघि सन् २००१–०२ मा आर्सनलले एउटा सिजनमा लगातार १३ खेल जितेर किर्तिमान बनाएको थियो । यस्तो उपलब्धि हासिल गर्ने चेल्सी दोस्रो क्लब हो ।नि...









