उदयपुर, पुस १० – उदयपुरको थारुहट रंगशाला, गाईघाटमा भएको सातौं राष्ट्रिय आर्चरी खेल प्रतियोगिताको पुरुषतर्फको एकल आर्चरी खेलमा काँस्कीका राजेश रानाले स्वर्ण पदक हात पारेका छन् ।
उनले १४२ स्कोर जोड्दै स्वर्ण पदक हात पारेका हुन् । त्यस्तै काँस्कीकै जागृत गुरुङ १४१ स्कोरका साथ दोस्रो र १३४ स्कोरका साथ काँस्कीकै किशोर कुमार गुरुङ तेस्रो भए ।

कृपया यो पेज Like गर्नु होला

प्रतियोगितामा भएका अन्य खेलहरु भने फाइनलमा प्रवेश गरेका छन् । रिकर्भ उमन स्टेण्डर्डतर्फ त्रिभुवन आर्मी क्लवकी पूजा थापा र काँस्कीकी रोजिना थापा फाइनलमा पुगेका छन् । यस खेलमा आर्मीकी मित्र राई र कन्चनपुरकी लक्ष्मी थापा तेस्रो स्थानको लागि प्रतिष्पर्धा गर्ने छन् ।

त्यस्तै रिकर्भ मेन स्टेण्डर्डतर्फ काँस्कीका प्रेम थापा र काँस्कीकै आकाश थापा फाइनलमा पुगेका छन् । रिकर्भ मेन स्टेण्डर्ड टिमतर्फ अन्नपूर्ण आर्चरी क्लव काँस्की र स्वयम्भु आर्चरी क्लव काठमाडौं फाइनलमा पुगेका छन् ।
उता रिकर्भ स्टेण्डर्ड मिक्स टिमतर्फ काँस्कीका प्रेम थापा र रोजिना थापाको जोडी र आर्मीका खुमबहादुर कुमाल र मित्र राईको जोडी फाइनलमा पुगेका छन् ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया