उदयपुर, पुस ९
आजदेखि उदयपुरको गाईघाटमासातौं राष्ट्रिय आर्चरी खेल प्रतियोगिताको सुरु भएको छ ।
सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा रिकर्भ मेन र रिकर्भ उमन गरी एकसाथ दुई एभेन्ट सन्चालन भयो । ७० मिटरको पहिलोचरणको र्यांकिङका लागि भएको सो खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका समीर थापाले हाई स्कोर गरे । उनले ६२४ स्कोर प्राप्त गरेका छन् । ६१७ स्कोरका साथ काँस्कीका रोसन थापा र ६१६ स्कोरका साथ आर्मीका मुकेश तामाङले पच्छयाएका छन् ।
महिला तर्फ आर्मीकै कृष्णमाया सेङताङले हाई स्कोर गरेकी छिन् । उनले ५६४ स्कोर ल्याएकि छिन् । आर्मीकै ज्ञानु अवालेले ५५९ स्कोर र आइसा तामाङले ५३७ स्कोरका साथ उनलाई पछ्याएका छन् । रिकर्भ मेनतर्फ १७ जना र रिकर्भ उमन तर्फ ७ जनाले भाग लिएका थिए । 
आजै कम्पाउड मेन, रिकर्भ उमन र रिकर्भ मेन इभेन्ट्सको स्टयाण्डर्ड राउण्ड पनि सन्चालन हुने आयोजकले जनाएको छ । जसमा पुरुष ११ र महिला ११ सहभागि हुनेछन् ।
विहान ९ बजेदेखि सुरु भएको प्रतियोगितामा देशका विभिन्न १३ वटा जिल्लाका आर्चरी क्लवका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा एक डाईरेकटरसहित २० जना प्राविधिक परिचालन भएका छन् ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

