पुस १२ – चेल्सीले इंग्लिस प्रिमियर लिगमा लगातार १२ औं जित दर्ता गर्दै लिगको क्लबको कीर्तिमान बनाएको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले बोर्नमाउथलाई ३–० ले हरायो ।
चेल्सीको जितमा पेड्रो र इडन हजार्डले गोल गरे । यस्तै बोर्नमाउथका कुकले इन्जुरी समयमा आत्मघाती गोल गरे । २४ औं मिनेटमा पेड्रोले गोल गर्दै पहिलो हाफमा चेल्सीलाई १–० को अग्रता दिलाए ।
४९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा हजार्डले गोल गरे । इन्जुरी समयमा बोर्नमाउथका कुकले आत्मघाती गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो ।
जितपछि शीर्ष स्थानको चेल्सीको१८ खेलबाट ४६ अंक भएको छ । उ दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले अघि छ ।

कृपया यो पेज Like गर्नु होला

आफ्नै कीर्तिमान तोड्यो

लिग लिडर चेल्सीले आफ्नै कीर्तिमानमा तोडेको छ । चेल्सीले लिगमा लगातार १२ जित दर्ता गर्दै सन् २००९ मा बनाएको क्लबको कीर्तिमान तोडेको हो ।
चेल्सीले सन् २००९ को अप्रिलदेखि सेप्टेम्बरसम्म ११ खेलमा विजयी भएको थियो । प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान भने आर्सनलको नाममा छ । उसले सन् २००२ मा लगातार १४ खेलमा जित निकाल्दै कीर्तिमान बनाएको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया