विराटनगर, पुस ९ – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबार २५ वटा खेल हुँदैछन् । शुक्रबार उद्घाटन भएको प्रतियोगितामा शनिबार विभिन्न २५ खेल हुन लागेको हो ।
कुन खेल कहाँ ?
- उदयपुरको थारुहट रंगशालामा अार्चरी (धनुषबाण)
- सुनरीको इटहरीमा– तेक्वान्दो, एथ्लेटिक्स र पुरुष तथा महिला भलिबल
- सुनसरीको धरानमा उसु, बास्केटबल र पुरुष फुटबल
- सुनसरीको ईनरुवामा महिला क्रिकेट र खो खो
- झापाको चन्द्रगढीमा पुरुष र महिला बक्सिङ
- झापाको काँकड्भिट्टामा ब्याडमिन्टन
- झापाको धुलाबारीमा जिम्न्याष्टीक र जुडो
- झापाको दमकमा आईटिएफ तेक्वान्दो
- मोरङको विराटनगरमा कराँते, हक्की र टेवलटेनिस
- मोरङको टंकीसिनवारीमा कबड्डी र ह्याण्डबल
- मोरङकै बैजनाथपुरमा सफ्ट टेनिस र पुरुष क्रिकेट
- धनकुटामा चेस
- सप्तरीमा सुटिङका खेल हुनेछन् ।
महिला फुटवलमा पदकको छिनोफानो आज
राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलमा पदकको छिनोफानो शनिबार हुँदैछ । सुनसरीको दुहबी रंगशालामा दिउँसो २ बजेपछि हुने महिला फुटबलको फाइनलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब खेल खेल्नेछन् । जित्ने टीमले स्वर्ण र हार्नेले रजत पदक पक्का गर्नेछ ।
प्रतियोगिता अन्तर्गत पुरुष फुटवलमा समूह ‘क’ को पहिलो खेलमा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्र खेल्नेछन् भने दोस्रो खेलमा मध्यमाञ्चल र पूर्वाञ्चल खेल्नेछन् । यी खेल धरानमा रहेको एन्फा टेक्निकल इन्टिच्युटको मैदानमा हुनेछन् ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

