उदयपुर पुस ११ ।
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगर्त उदयपुरको गाईघाटमा सन्चालन भएको आर्चरी खेलमा कास्की आर्चरी क्लबले जित हासिल गरेको छ । गाईघाट स्थित थारुहट रंगशालमा आज सम्पन्न प्रतियोगितमा कास्कीले ५ स्वर्ण पदक, २ रजत र ३ कास्य गरी १० पदकका साथ जीत हाँसिल गरेको हो । ३ स्वर्ण, ४ रजत र १ कास्य गरी ८ पदकका साथ त्रिभुवन आर्मी क्लवले दोस्रो स्थन प्राप्त गरेको छ । भने १ स्वर्ण, १ कास्य पदकसहित स्वयम्भु आर्चरी क्लव तेस्रो स्थानमा रह्यो ।
आर्चरीको विभिन्न खेल अन्तर्गत रिकर्भ मेन टिमतर्फ काँस्की जिल्ला आर्चरी एशोसिएसनले स्वर्ण पदक चुमेको छ । हिमालयन आर्चरी क्लवले रजत पदक प्राप्त गरेको छ भने त्रिभुवन आर्मी क्लवले कास्य पदक प्राप्त गरेको छ ।
रिकर्भ मिक्स टिमतर्फ विभागीय त्रिभुवन आर्मी क्लवका समीर थापा र कृष्णमाया सेन्ताङको जोडीले स्वर्ण पदक चुमेको छ भने आर्मीकै ज्ञानु अवाले र मुकेश तामाङको जोडीले रजत पदक र अन्नपूर्ण आर्चरी क्लवका दुर्गा पुर्जा र रस्मी दरलामीको जोडीले कास्य पदक प्राप्त गरेको छ ।
त्यस्तै रिकर्भ मेन ओपनतर्फ आर्मीका मुकेश तामाङले स्वर्ण पदक चुमेका छन् भने हिमालयन आर्चरी क्लवका प्रेमप्रसाद पुनले रजत पदक तथा काँस्कीका रोसन थापाले कास्य पदक प्राप्त गरेका छन् ।
रिकर्भ उमन ओपनतर्फ आर्मीकी ज्ञानु अवालेले स्वर्ण पदक चुम्न सफल भईन भने आर्मीकै कृष्णमाया सेन्ताङले रजत पदक तथा मकवानपुरकी सुनिता मोक्तानले कास्य पदक प्राप्त गरिन् ।
त्यसैगरी स्टेण्डर्ड मेन टिमतर्फ स्वयम्भु आर्चरी क्लवले स्वर्ण पदक चुमेको छ भने अन्नपूर्ण आर्चरी क्लवले रजत तथा काँस्की आर्चरी एशोसिएसनले बान्ज पदक प्राप्त गरेको छ ।
स्टेण्डर्ड मिक्स टिमतर्फ काँस्कीका प्रेम थापा र रोजिना थापाको जोडीले स्वर्ण पदक हाँसिल गरेका छन् भने त्रिभुवन आर्मीका खुमबहादुर कुमाल र मित्र राईको जोडीले रजत पदक तथा अन्नपूर्ण आर्चरी क्लवका गीरबहादुर गुरुङ र अर्चना थापाले कास्य पदक प्राप्त गरेका छन् ।
त्यसैगरी रिकर्भ स्टेण्डर्ड मेनतर्फ काँस्कीका प्रेम थापाले स्वर्ण पदक चुमेका छन् भने काँस्कीकै आकास थापाले रजत पदक तथा स्वयम्भु आर्चरी क्लवका वाङचु गुरुङले कास्य पदक प्राप्त गरेका छन् । रिकर्भ स्टेण्डर्ड उमनतर्फ पनि काँस्कीकै रोजिना थापा स्वर्ण पदक चुम्न सपल भईन भने आर्मीकी पुजा थापाले रजत तथा कन्चनपुरकी लक्ष्मी थापाले कास्य पदक प्राप्त गरेकी छिन् ।
कम्पाउण्ड मेन इन्डिभिजुअल खेलतर्फ काँस्कीका राजेश रानाले स्वर्णपदक चुमेका छन् । काँस्कीकै जागृत गुरुङले रजत पदक तथा काँस्कीकै किशोर कुमार गुरुङले कास्य पदक हाँसिल गरेका छन् ।

कृपया यो पेज Like गर्नु होला


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया