समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाइघाट । उदयपुरको सदरमुकाम गाईघाटमा कोशी प्रदेश स्तरीय पुस्तकालय सम्मेलन हुने भएको छ । कोशी प्रदेशकै अगुवा संगम पुस्तकालयको आयोजनामा सामुदायिक तथा सार्वजनिक पुस्तकालयको कोशी प्रदेश स्तरीय दोश्रो सम्मेलन हुने भएको हो ।
‘पढौं, पढाऔं निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं, सबल समाजको आधार पुस्तकालयको विकास र बिस्तार एक स्थानिय तह एक नमुना पुस्तकालय हाम्रो अभियान’ भन्ने नाराका साथ यही बैशाख १४ र १५ गते सामुदायिक पुस्तकालयको दोस्रो सम्मेलन हुने आयोजक संगम पुस्तकालयले जनाएको छ ।
संगम पुस्तकालयको सभाहलमा आयोजना हुने सामुदायिक तथा सार्वजनिक पुस्तकालयको कोशी प्रदेश स्तरीय दोश्रो सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाका सामुदायिक पुस्तकालयका प्रतिनिधिले सहभागिता जनाउने संगम पुस्तकालयका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो ।
अध्यक्ष खड्का अनुसार सम्मेलनमा बिभिन्न कार्यपत्र प्रस्तुत हुनेछ र प्रदेशभरी दर्ता भएका, सञ्चालनमा आएका, समस्यामा परेका सबै पुस्तकालयकर्मीहरूको जमघट हुने छ ।
संगम पुस्तकालयको आयोजनामा दोस्रोपटक पनि पुस्तकालय सम्मेलन हुन लागेकोमा नेपाल लाईबेरी फाउण्डेसनले खुसी व्यक्त गरेको छ । फाउण्डेसनका केन्द्रीय महासचिव धन कुमार श्रेष्ठका अनुसार संगम पुस्तकालयको अगुवाईमा हुन लागिरहेको कोशी प्रदेश स्तरीय पुस्तकालय सम्मेलनको नेपालका सबै सार्वजनिक पुस्तकालयहरूको एक्यबद्धता प्राप्त हुने छ भन्ने विश्वास व्यक्त गरिएको छ ।
संगम पुस्तकालयको आयोजनामा दुई बर्ष अघि गाईघाटमा नै प्रथम पुस्तकालय सम्मेलन भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया