समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले गाईघाटमा आयोजना गरेको तेस्रो प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सवको सम्पूणर् तयारी पुरा भएको छ ।

कृपया यो पेज Like गर्नु होला

आयोजकले मंगलबार एक पत्रकार संम्मेलनको आयोजना गरी आजदेखी सुरु हुने प्रदर्शनी तथा खाना महोत्सवको सबै तयारी पुरा भएको जनाएको हो ।

महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा रैथाने खानामा कोदोको म मलाई बढावा दिने घरेलु महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले जानकारी दिनु भयो ।

महोत्सवमा कोशी प्रदेशका १० जिल्लाका उद्ममी तथा समुदाय विशेष खाना, स्थानीय उत्पादन कृषि उद्यम, हाते उद्योग लगायतका उत्पादनलाई प्राथमिकता दिएर प्रदर्शनी गरिने अध्यक्ष मधुकर थापाले बताउनु भयो ।
५० वटा सटल रहने महोत्सवमा सूचना प्रविधि, साहित्य कला, उद्यम व्यवसाय, घरेलु उद्योग लगायतका विषयमा अन्तरक्रिया हुने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

स्थानीय बाबारानी मार्गमा बैशा १२ गतेदेखि १८ गतेसम्म संचालन हुने महोत्सवमा करीब ५० लाखको कारोबार हुने र एक लाख जनाले महोत्सव अवलोकन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्वसवको उद्घाटन कोशी प्रदेशका उद्योग कृषि सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको लागि आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, जिल्ला महिला उद्यमी संघ उदयपुर र सह आयोजक उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश बिराटनगरले भव्य तयारी गरिरहेको छ ।
प्रचार प्रसार र अन्य भौतिक तयारीले महोत्सवलाई अन्तिम चरण तर्फ पुराएको जनाए ।

गाईघाट स्थित हिरा टेन्ड हाउसमा संञ्चालन हुने महोत्सवलाई शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्रालय काठमाडौ , पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश बिराटनगर, नेपाल पर्यटन बोर्ड काठमाडौ, त्रियुगा नगरपालिका गाइघाट उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, कृषि ज्ञान केन्द्र उदयपुर, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र उदयपुरले सहकार्य गरेको छ ।

स्वदेशी वस्तुको प्रयोग गरौँ, नेपाली भएकोमा गर्भ गरौँ । भन्ने नाराको कार्यन्वयनलाई महोत्सवले टेवा पुराउने अध्यक्ष थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया