समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । उदयपुरमा एक ६६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । लिम्चुङबुङ गाउँपालिका-४ का ५७ वर्षीय श्यामशोर राई पक्राउ परेका हुन् ।

कृपया यो पेज Like गर्नु होला

उनलाई इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । ती वृद्धालाई आइतबार बलात्कार गरी ज्यान मार्ने धम्की दिएको उजुरी छ ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया