समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
चतरा। नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बैशाखा १५ गते शनिवार सुनसरीको चतरा आउनु हुने भएको छ ।
धर्तीकै पहिलो तीर्थका रूपमा परिचित वराह क्षेत्रको काखमा सुरु भएको बाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा सरिक हुन ओली चतरा आउन लाग्नु भएको नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो । वहाँका अनुसार नितान्त धार्मिक यात्रामा अध्यक्ष ओली सुनसरीको चतरा आउन लाग्नु भएको हो ।
पार्टीका अध्यक्ष सुनसरीको चतरामा आयोजना हुदै गरेको बाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा सरिक हुन आउने भएपछी उदयपुरका एमाले पार्टीका नेता, कार्यकर्ता लगायतलाई उपस्थित हुन एमाले उदयपुरका अध्यक्ष राउतले आग्रह गर्नु भयो । वहाँले बिहान ११ बजे चतरा पुग्न समेत सम्पूर्णमा अनुरोध गर्नु भयो ।
प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालदेखि कुम्भको आयोजना हुँदै आएको छ । एक महिनासम्म लाग्ने पूर्ण महाकुम्भ मेला गत चैत २७ गतदेखि सुरु भएको हो भने यही २०८१ वैशाख २८ समापन हुने छ ।
नेपालमा एक र भारतका चार गरी जम्मा पाँच स्थानमा लाग्ने गरेको कुम्भ मेला नेपालमा सुनसरीको वराह क्षेत्रस्थित चतरामा लाग्दै आएको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाका रूपमा सनातन हिन्दु धर्मावलम्बीले लिने गरेको कुम्भ मेलामा लाखौं मानिसको जमघट हुने गरेको छ ।

तपाईको प्रतिक्रिया