आइतबार, आश्विन २५, २०७७
पुण्य कार्की
नानीहरुलाई हामीले जुन कुरा जसरी सिकाइ गरिरहेका छौँ, त्यो देख्ता घरिघरि त यस्तो लाग्छ, उनीहरुलाई पराधिन बनाइरहेका छौँ, उनीहरुको मौलिक स्वतन्त्रता छिनिरहेका छौँ । शिक्षाले र ज्ञानले उनीहरुलाई स्वतन्त्र बनाउँदै लग्नु पर्नेमा हाम्रो तथाकथित ज्ञान र सिकाइले उनीहरुको काँधमा परतन्त्रताको जुवा कसिरहेका छौँ । असीम ज्ञानको समुद्रमा हेलिने बच्चाको अन्तहीन स्वतन्त्रतालाई एक दुष्कर सिकन्जामा कोचि...