समाचार/लेखलाई सेयर गर्नुहोस् ।

इलाम ५ बैशाख – इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई नेकपा एमाले उदयपुरले सहयोग गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतको नेतृत्वमा ईलाम पुगेर उम्मेदवार सुहाङलाई नगद सहित प्रचार सामग्री सहयोग गरेको हो ।

उम्मेदवार सुहाङको लागि दुई हजार थान पार्टीको झण्डा र नगद ५० हजार सहयोग हस्तान्तरण गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो ।

उदयपु्रका अध्यक्ष राउतले नेकपा एमाले ईलामका उपाध्यक्ष उदय राईलाई पार्टीको झण्डा र नगद हस्तान्तरण गर्नु भएको छ ।

सुहाङलाई सहयोग गर्न उदयपुर एमालेका अध्यक्ष भागवत राउतको नेतृत्वमा बेलका नगरपालिकाका उपप्रमुख जीरा राई, राष्ट्रिय युवा संघ उदयपुरका अध्यक्ष विमल भण्डारी, प्रेस चौतारी उदयपुरका सचिव अन्जनी कुमार अधिकारी सहितको टोली बुधबार ईलाम पुगेको थियो ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा इलामा-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । संविधान सभाका सभामुख तथा एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त रहेको सो स्थानमा हुन लागेको उपनिर्वाचनमा सुवासकै छोरालाई एमालले उम्मेदवार बनाएको छ ।
वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदैछ ।

एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ हुनुहुन्छ । त्यस्तै नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू र पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार केन्द्र लिम्बूसहित २० जनाले उम्मेदवारी दिएका छन ।

एमालेका उम्मेदवारलाई सो निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा माओवादी, परिवार दल लगायतले समर्थन गरेका छन् ।

तपाईको प्रतिक्रिया