समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । त्रियुगा नगरपालिकाका दुई वटा वडामा एकै दिन स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्यकेन्द्रको शिलान्यास र उद्घाटन गरिएको छ ।

कृपया यो पेज Like गर्नु होला

त्रियुगा नगरपालिका वडा नं ७ भन्टाबारी स्थित स्वास्थ्य चौकी भुमरसुवाको नयाँ भवन शिलन्यास र वडा नं १५ (साविकको खाबू गाबिस वडा नं २ ) छाम्लिङ्गमा आधारभूत स्वास्थ्यकेन्द्रको एकै दिन उद्घाटन गरिएको हो ।
दुवै स्थानको त्रियुगा नगर प्रमुख बस्नेतले कार्यक्रम गर्दै शिलान्यास र उद्घाटन गर्नु भएको हो ।

दुवै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगरप्रमुख बस्नेतले घरदैलो अगाडि सञ्चालमा आएको स्वास्थ्य केन्द्रबाट सेवा र सल्लाह लिई लाभान्वित हुन स्थानीयहरुलाई आग्रह गर्नुभयो ।

स्वास्थ्यको क्षेत्रमा आफू सबैभन्दा बढी केन्द्रित रहेको भन्दै उहाँले अहिले जिल्ला तहबाटै विशेषज्ञसहितको सेवा दिन सकिएको बताउनुभयो ।

समुन्नतिको पहिलो आधार नै स्वास्थ्य भएकाले स्वस्थ नागरिक तयारका लागि स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर जिल्ला अस्पतालमा बार्षिक १ करोड रुपैया बराबरको आर्थिक र जनशक्ती उपलब्ध गराउदै आएको बताउनु भयो ।

उहाँले जनताको मौलिकहकमा पर्ने स्वास्थ्यलाई जनताको आफ्नै घरदैलो बाट आधारभूत स्वास्थ्य सेवा दिने उदेश्यले गाउगाउमा स्वास्थ्यकेन्द्रहरु स्थापना गर्दै आएको प्रष्ट पार्नु भयो। भौगोलिक विकटताका कारण स्वास्थ्यचौकीमा सेवा लिन अपायक परेको स्थानीयको गुनासोलाई सम्बोधन गर्दै गाउगाउमा स्वास्थ्यकेन्द्रहरु स्थापना गर्दै आएको उहाँले बताउनु भयो ।

वडा नं १ स्थित जोगीदह, वडा नं ५ स्थित देउरी, वडा नं ७ भन्टाबारी र वडा नं १५ रानीबासमा रहेका स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्दै अप्ठ्यारा र गम्भीर किसिमका बिरामी बाहेकले जिल्ला अस्पताल वा अन्य बाहिर अस्पताल जान नपर्ने गरि योजना बनाएर नगरपालिका लागि परेको मेयर बस्नेतले बताउनु भयो ।

स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रमकै अवसरमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना समेत गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा करिव डेड सय स्थानीयले स्वास्थ्य चेकजाँच गराएका थिए ।

तपाईको प्रतिक्रिया