समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । आज राम नवमी पर्व । सरकारले सार्वजनिक विदाको सूचीमा रामनहमी पर्वलाई समेत राखेको छ तर विगतको जस्तो यो बर्षको रामनवमी पर्वमा भने प्राय सबै कार्यालय खुल्ला रहने छन ।

कृपया यो पेज Like गर्नु होला

गृह मन्त्रालयले २०८० माघ २९ गते प्रकाशित गरेका राजपत्र अनुसार २०८१ सालको विदाहरुको सूचनामा रामनवमी पर्व चण्डीपूणर्िमा, रक्ष बन्धन, कृष्ण जन्मअष्टमी घटस्थापना, क्रिसमस डे, उधौली पर्व, तमु ल्होसार, माघी, सोनम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईदका दिन र विभिन्न दिवसको दिन सार्वजनिक सेवा सुचारु गर्नु पर्ने छ ।

गृहको सूचनामा अस्पतालको बहिरङ्ग सेवा देखि प्रदेश सरकार र स्थानीय सरकारबाट जनतालाई प्रवाह गरिने सबै सेवाहरु दिनु पर्ने व्यवस्था गरेको छ ।

नागरिकता, राहदानी, यातायात व्यवस्था कार्यालयका सबै सेवा, मालपोत नापी सम्बन्धी सेवा, भेटेरीनरी सेवा, खानेपानी, विद्युत, बैक, विमा तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवाहरु समेत बन्द नहुने व्यवस्था गरेको छ ।
पर्व विदामा सेवा सूचारु तथा काम भएको नभएको बारे जिल्ला स्थित सबै कार्यालयका हकमा जिल्ला प्रशासन कार्यालय र केन्द्रीय निकायको हकमा गृह मन्त्रालयलले अनुगमन गर्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया