समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । नेपाल कम्युनिष्टपार्टी एमालेको जनसंगठनको रुपमा रहेको अखिल नेपाल महिला संघले नेकपा एमालेको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

कृपया यो पेज Like गर्नु होला

मंगलबार अनेमसंघले जिल्ला कमिटीको बैठकको अवसर पारेर जिल्लामा निर्वाचित सम्पूणर्लाई शुभकामना तथा बधाई दिएको हो ।

सामाजिक सुरक्षा र रोजगार, सम्पूणर् क्षेत्रमा समान अधिकार भन्ने मूल नाराका साथ पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरी नव निर्वाचितहरुलाई बधाई दिएको छ ।

अनेमसंघका अध्यक्ष महेश्वरी राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य मन्जु कुमारी चौधरी, केन्द्रीय सदस्य तथा सबै पालिका ईन्चार्ज अम्बिका थापा, अनेमसंघका केन्द्रीय सदस्य तथा उदयपुर ईन्चार्ज अम्बिका पासवानको उपस्थितीमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा एमाले उदयपुरका अध्यक्ष भागवत राउत, सचिव टेक बहादुर राउत, उपसचिवद्धय गंगा राई र हेम खड्काको उपस्थिी रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा बिशेष अतिथिहरुले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिनुका साथै नवनिर्वाचित पदाधिकारीले पार्टीलाई नयाँ शिराबाट नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकले अनेमसंघको सदस्यता २० हजारको संख्यामा विस्तार गर्ने निणर्य समेत गरेको अध्यक्ष महेश्वरी राईले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया