समाचार/लेखलाई सेयर गर्नुहोस् ।


अन्जनी कुमार अधिकारी
बेल्टार। नेकपा एमाले चौदण्डीगढी नगरपालिका वडा नम्बर एक कमिटिले नयाँ बर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
वडा कमिटीले नेकपा एमाले कोशी प्रदेश सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र नं. १ इन्चार्ज पदम राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कोशी प्रदेशका पुर्व प्रदेश सभा सदस्य बिमल कार्कीलाई सम्मान समेत गरिएको थियो । पुर्व प्रदेश सभा सदस्य बिमल कार्कीले चौदण्डीगढी १ मा खानेपानी र चौदण्डीगढी पर्यटन प्रर्वद्धन तथा ऐतिहासिक गढि संरक्षण गराउन बजेट ब्यबस्थापन गरि योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
कार्यक्रममा नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिबेशन बाट अध्यक्षमा निर्वाचित भागवत राउत बिशेष अतिथि रहनु भएको थियो यो वहाँको निर्वाचित भए पछिको पहिलो कार्यक्रम समेत रहेको थियो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित एमाले उदयपुर अध्यक्ष भागवत राउतले पार्टीको चुनाव एउटा खहरे खोला भएको भन्दै त्यो निर्वाचनको परिणाम के भयो भनेर पछि कुद्ने भन्दा पनि पार्टीलाई एक ढिक्का बनाएर लैजान सबै पक्ष एक भएर हिड्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष राउतले आफ्नू लक्ष र पार्टीको उद्धेश्य मिसन ८४ रहेकोले कुनैपनि हालतमा एमाले उदयपुरको पुरानो लालकिल्ला विरासत फर्काउन लाग्नु पर्ने भन्दै सबैलाई मिलेर हिड्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले उदयपुर नव निर्वाचित कमिटीका उपसचिव हेम खड्का र गंगा राई सदस्यहरु किशोर ताम्राकार, सन्तोष बस्नेत, श्याम राई, डिल्ली मगर, कृष्ण भण्डारी नगर कमिटि कार्यवहाक अध्यक्ष कृष्ण खत्री, सचिव विकाश बञ्जारा, उपसचिव मिना राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वडा कमिटि अध्यक्ष यादव कुमार कालिकोटको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य सिताराम राईले राख्नु भएको थियो । कार्यक्रम वडा सचिव पदम कटवालले संचालन गर्नु भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया