समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

बेल्टार। चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले दलित लक्षित कार्यक्रम मार्फत स्टिम आइरन वितरण गरेको छ ।
बुधबार वडा अध्यक्ष केशव अधिकारीले आफ्नो वडाका सुट स्पेसलिस्ट सात घरपरिवारलाई स्टिम आइरन हस्तान्तरण गर्नु भएको हो । केही समय अघि सुट सिलाउने तालिम प्राप्त गरेका आफ्नो वडाको बजार क्षेत्रमा काम गर्ने व्यवसायीलाई सुटमा लगाउने स्टिम आइरन वितरण गरिएको हो ।
सुट सिलाएर आत्मनिर्भर हुने अपेक्षा सहित उनीहरुलाई सुट सिलाईको तालिम संगै स्टिम आइरन वितरण गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।
वडाको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित ५० हजार रकम बाट स्टिम आइरन वितरण गरिएको हो ।
वडाले दिएको स्टिम आइरन लिएपछि स्थानीय व्याबसाहित दिलिप सेवाले केही दिन पहिला आफुहरुले सुट सिलाउने तालिम लिएको र आज वडाले सुटको लागि बनेको स्टिम आइरनले आफुलाई ब्यबसायी गर्न सहज भएको बताउनु भयो । वहाँले स्टिम आइरन अरु आइरन भन्दा केही महंगो हुने भएकोले सबैले खरिद गर्न नसक्ने भएकोले वडाले ठुलो सहयोग गरेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया