समाचार/लेखलाई सेयर गर्नुहोस् ।


बेल्टार। चौदण्डीगढी नगरपालिका ७ निवासी उदय प्रताप सिंहलाई बचाउनका लागि देश तथा विदेशबाट आर्थिक संकलन जारी रहेको छ । उदय प्रताप सिंहलाई बचाउनका लागि हाल अमेरिकामा रहनु भएका समाजसेवी चौदण्डीगढी नगरपालिका ७ बेल्टार बजार स्थायी घर भएका उज्वल खड्काको सक्रिय पहलमा अमेरिकाको टेक्सस बस्ने २७ जना नेपालीहरुले सहयोग संकलन गरेर सिंहको परिवारलाई हस्तान्तरण गर्नु भएको छ ।
समाज सेवी खड्काको पहलमा संकलित १ लाख २१ हजार १ सय २१ रुपैया रकम परिवारलाई मंगलबार हस्तान्तरण गर्नु भएको हो । अमेरिका बसेरै भएपनि गाउँ घरका पीडामा सकेको सहयोग गर्दै आएका खड्काले अमेरिकामा रहेका भूमिलाल देवकोटा, गोबिन्द बोगटी, महेन्द्र श्रेष्ठ रेजिना कार्की, सन्तोष बिष्ट, गगन धामी, यज्ञ पाण्डे, बिष्णु बास्तोला, कुमार घरेल, सुनिल आचार्य, प्रल्हाद बिष्ट, प्रदिप ढुंगाना, दिपेन्द्र गुरागाईं, राजेन्द्र वाग्ले, सन्जु तामाङ्ग, यिवा बिष्ट, मनोज काफ्ले, टिका पोखरेल, राजेश गुप्ता, प्रकाश थापा, दुर्गा श्रेष्ठ, राम सुन्दर दाहाल, जितेन्द्र श्रेष्ठ, महेन्द्र सुबेदी, डायमण्ड दाहाल, र सन्तोष पौडेलबाट आर्थिक सहयोग गर्नु भएको हो ।
सिराहा बाट इन्जिनियरको परिक्षा दिएर आउदै गर्दा पैदल यात्रीलाई बचाउने क्रममा दुर्घटनामा परि गम्भीर भएका सिंहको हाल भारतको नयाँदिल्ली स्थित एक अस्पतालमा उपचार भैरहेको छ । पारिवारिक अवस्था निकै कमजोर रहेका सिंहको उपचारमा झन्डै एक करोड रुपैया खर्च भैसकेको छ ।
उपचारमा ठुलो रकम खर्च हुने भएपछि परिवारले सहयोगको लागि याचना गरेको थियो । एउटा इन्जिनियर हुदै गरेको आफ्नो छिमेकको भाइको उपचारमा केही सहयोग होस भन्ने मनसायले आफुले सहयोग गरेको समाजसेवी उज्वल खड्काले बताउनु भयो । खड्काले उक्त रकम आफ्नै स्वर्गीय भतिजो गोबिन्द खड्काको वार्षिकीमा आयोजित सप्ताह महापुराणको अन्तिम दिन कथा वाचक जगतनन्दन महाराजको हात बाट हस्तान्तरण गराउनु भएको खड्काले बताउनु भयो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया