समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । नेकपा (एमाले) उदयपुरका अध्यक्ष भागवत राउत नेत्र ज्योती संघको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

कृपया यो पेज Like गर्नु होला

चितवनमा सम्पन्न नेत्र ज्योती संघको केन्द्रीय सभा तथा २८ औं अधिवेशनबाट अध्यक्ष राउत केन्द्रीय सदस्यमा चयन हुनु भएको हो ।

संघको केन्द्रीय अध्यक्षमा प्रा डा चेतराज पन्न पुनः दोहरिनु भएको छ । नेत्र ज्योती संघ उदयपुर शखाको लामो समय सम्म सभापति रहनु भएका राउत चितवन अधिवेशनले केन्द्रीय सदस्य बन्न सफल हुनु भएको हो ।

राउतकै नेतृत्वमा उदयपुर सदरमुकाम गाईघाटमा मदन भण्डारी आँखा अस्पताल स्थापना भई दृष्टि प्रदान गर्ने कार्य गरिरहेको छ ।

मदन भण्डारी आखाँ अस्पतालले जिल्लाका विभिन्न स्थानमा निशुल्क आँखा शिविर संचालन गरेर निशुल्क मोतियाविन्दुको अप्रेशन समेत संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया