समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कटारी । उदयपुरको कटारीमा एक पुरुषको शरीर र टाउको र शरीर छुट्टिएको वेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको कटारी नगरपालिका ५ छाउरी खोला नजिक टाउको र शरीर अलग भएको पुरुषको शव फेला परेको हो।

कृपया यो पेज Like गर्नु होला

शव खोला किनाराको घारीमा शरीरको तल्लो भाग भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुबास राईले जानकारी दिनु भयो।

स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया