समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।
उदयपुर “स्वास्थ्य जीवन बेलाकाको अभियान, अनुशासित खेलकुद युवाको पहिचान“ भन्ने मुल नारा सहित बेलका नगरपालिकाको मुख्य प्रायोजनमा राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको हो ।
जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा नगर खेलकुद बिकास समिती बेलाकाको संयोजनमा चैत्र २१ गते देखी चैत २४ गते सम्म प्रतियोगिता संचालन हुने छ ।
जिल्ला ह्याण्डबल संघले आईतबार एक पत्रकार सम्मेलनको आयोजना गरी दुई बिभागीय टोली ब्एँ र आर्मी सहित सुदुरपश्चिम, कणर्ाली, गण्डकी, मधेश प्रदेश, र आयोजक टिमले सहभागीतामा भाग लिने तय भएको आयोजकले जनाकारी दिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टोलीलाइ क्रमश १ लाख, ५० हजार र २५ नगद सहित मेडल, प्रमाण पत्र तथा ट्रफी प्रदान गरिने जिल्ला ह्याण्डबल संघका अध्यक्ष शम्भु पौडेलले जानकारी दिनु भयो ।

कृपया यो पेज Like गर्नु होला

बेलका नगरपालिकाबाट ह्ययाण्डबलका राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्दश्यले प्रतियोगिताको मुख्य प्रायोजन गरिएको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापाले बताउनु भयो । मेयर थापाका अनुसार उदयपुर ह्ययाण्डवल प्रतियोगिताको हव रहेकाले देश विदेशमा उक्त कुरा प्रचार प्रसार गर्न पनि नगरपालिकाले खेलकुद प्रतियोगिता संचालन गर्न सहयोग गरेको हो ।
प्रतियोगिता संचालन गर्न बेलका नगरपालिकाले मुख्य प्रायोजन गरेको छ भने अन्य नगरपालिका र गाउपालिकाको सहयोगमा प्रतियोगिता संचालन हुने बताईएको । चार दिन सम्म संचालन हुने यस प्रतियोगिता सम्पन्न गर्न अनुमानित १५ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया