समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
बेल्टार। नेपाल सरकारको अनुदानमा संचालित गरिव संग विशेश्वर कार्यक्रम अन्तर्गत आज चौदन्डीगढी नगरपालिका वडा नं. ८ पिडिबासका गुराँस सामुदायिक संस्थाका १८ घरपरिवारलाई जनहि २/२ वटा बोयर क्रस र खरि जातको बाख्रा बिहीवार एक कार्यक्रमको आयोजना गरेर बितरण गरिएको छ।
नेपाल सरकारको अनुदान सहयोग बाट गरिबी न्यूनीकरनमा टेवा पुग्ने उद्देश्यका साथ बाख्रा वितरण गरिएको बाख्रा बितरण कार्यक्रमलाई सम्बोधन गर्दै चौदन्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले जानकारी दिनु भएको छ। तत्कालीन शिद्दिपुर गा.बि.स. हुँदा देखी नै संचालन गरिएको यस कार्यक्रमले केहि बर्ष भने निरन्तरता पाएको थिएन। स्थानीय जनप्रतिनिधि आईसकेपछि यो कार्यक्रमले पुन: निरन्तरता पाएको चौदण्डीगढी नगरपालिका वडा नं. ८ का कार्यबाहक अध्यक्ष गडुड बहादुर बिस्वकर्माले जानकारी दिनु भएको छ। अहिलेसम्म पटक पटक गरेर वडा भित्रका ५ वटा संस्था मार्फत किसानहरु लाई बाख्रा, २ वटा संस्था लाई खानेपानी र १ जना कृसकलाई बाख्रा खोर निर्माण तथा मर्मतको लागि रकम उपलब्ध गराएको वडा सचिब राजन प्रसाद अधिकारीले बताउनु भयो। २०७३ साल देखि यो आर्थिक बर्ष सम्म जम्मा १२ लाख ८५ हजार बराबरको सो कार्यक्रम सन्चालन भएको सामाजिक परिचालक शुशिला बिस्वकर्माले जनाउनु भएको छ। आर्थिक बर्ष २०७८/०७९ सालमा गरिव संग विशेश्वर कार्यक्रमको अनुदान सहयोग बाट गरिवि न्युनिकरणका लागि बाख्रा बितरण गरिएको हो।

 

तपाईको प्रतिक्रिया