समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

काठमाडौं । हिमालयन टेलिभ्वाइस प्रालिका प्रवन्ध निर्देशक रवि प्याकुरेल रिपोटर्स क्लव पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले आज बिहीवार आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान पत्र प्रदान गरेर प्याकुरेललाई सम्मान गर्नु भएको थियो।
सोही कार्यक्रममा हिमालयन टेलिभ्वाईस न्युज एजेन्सीका क्यामराम्यान सुप्रीम बखुञ्चे क्रियाशिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए।
त्यस्तै यस वर्षको एक लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरेको छ । एक लाख रुपैयाँ राशिकै तेजेन्द्र—सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई प्रदान गरेको छ । यी दुवै पुरस्कार क्लबले पहिलोपटक दिएको हो ।
रिपोर्टर्स क्लवले हरेक वर्ष प्रदान गर्दै आएको पचास हजार रुपैयाँ राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार कुलचन्द्र न्यौपानेलाई प्रदान गरिएको छ ।
जनही पच्चिस हजार रुपैयाँ राशिका वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका पत्रकार सुरेश यादव, सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार राससका पत्रकार कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोष्ट अनलाईन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमासिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी पत्रकार सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका रोशन सापकोटालाई प्रदान गरिएको छ।

तपाईको प्रतिक्रिया