समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

बेल्टार। गाईघाट बाट बेल्टार तर्फ आउदै गरेको स १ ह ३१९२ नम्बरको अटो दुर्घटनामा परी एक जनाको उपचारको क्रममा मृत्‍यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालीका वडा नं. १० देबधार स्थित मदनभण्डारी स्मृती लोक राजमार्ग अन्तर्गत गाइघाट बेल्टार सडक खण्डमा गाईघाट बाट बेल्टार तर्फ आउदै गरेको स १ ह ३१९२ नम्बरको अटोलाई बिपरीत दिशा तर्फ जादै गरेको सवारी साधनले ठक्कर दिदा अटोमा सवार चौदण्डीगढी नगरपालिका वडा नं. ६ बेल्टार बजारका डण्डीराम तिम्सिना गम्भिर घाईते भई उपचारको लागी नगर अस्पताल बेल्टार पुर्याएकोमा उपचारको क्रमाम आज दिउसो अन्दाजी १४:२० बजे मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षाक बेद प्रसाद गौतमले जानकारी दिनु भएको छ।
दुर्घटना भएको अटोमा सवार अन्य दुई जना गम्भिर घाइते भएका छन। घाइते हुनेहरूमा चौदण्डीगढी नगरपालिका ७ का ३४ बर्षिया बिनोद कार्की र अटो चालक ४८ बर्षाका शिवराज कट्वाल रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको थप उपचारको लागी बिराटनगर स्थित न्युरो अस्पातल पठाइएको बताइएको छ।
उक्त अटोलाई दुर्घटना गराएको हुन सक्ने आशंखामा प्रहरीले दुईवटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।


यसैबिच जिल्लाकै कटारी नगरपालिका ११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा ओखलढुङगाबाट कटारीतर्फ आउदै गरेको प्रदेश १-०७-००१ ज ००११ नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खस्दा उक्त गाडीमा सवार १४ जना यात्रु घाईते भई उपचारको लागी कटारी अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ। घाईते मध्ये २ जनाको अबस्था गम्भिर रहेको र अन्य १२ जनाको अबस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनएको छ। दुर्घटना ग्रस्त सवारी साधन घटनास्थलै रहेको र अन्य थप बिबरण आउन बाँकी रहेको समेत प्रहरी जनाएको छ।

 

तपाईको प्रतिक्रिया