समाचार/लेखलाई सेयर गर्नुहोस् ।

अन्जनी कुमार अधिकारी
बेल्टार। जनता संग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई चौदण्डीगढी नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले खाद्यान्न बितरण गरेकी छन।
जनता संग उपमेयर कार्यक्रम अन्तर्गत हरेक बर्ष चौदण्डीगढी नगरपालिकाले सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यान्न बितरण गर्ने गरेको छ। हरेक बर्षको असार महिना देखी यता सुत्केरी आमाहरुलाई १० केजी चामल, १ केजी दाल, १ केजी घिउ, १ लिटर तेल, एक पोका नुन, १०० ग्राम ज्वानो, १०० ग्राम मेथी लगायतका खाद्यान्न बितरण गर्ने गरिएको नगर उपप्रमुख रिताकुमारी चौधरीले जानकारी दिनु भएको छ।
कार्यक्रम अन्तर्गत आज उपमेयर चौधरीले नगरको वडा नं १० मा ६० जना, वडा नं ९ मा ५० जना र वडा नं ५ मा ८० जना सुत्केरी आमाहरुलाई उक्त खाद्यान्न बितरण गरेकी छन।
गत बर्ष ६ सय जना सुत्केरी आमाहरुलाई खाद्यान्न बितरण गरेको नगरपालिकाले यो बर्ष ८ सय जना सुत्केरी आमालाई खाद्यान्न बितरण गर्ने लक्ष राखेको छ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया