समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका प्रतिष्ठित उद्योगपति व्यवसायी चन्द्रप्रसाद ढकालले उदयपुरमा उद्योग स्थापनाको लागि परामर्श गरेका छन ।

कृपया यो पेज Like गर्नु होला

उदयपुरको  भ्रमणमा सदरमुकाम गाईघाट आउनु भएका उपाध्यक्ष ढकालले उदयपुरका व्यवसायीहरुसँग उदयपुरमा उद्योग स्थापना गर्न छलफल गरेका हुन ।

कोभिडका कारण थलिएको अर्थतन्त्रको असर उदयपुरमा परेको अवस्थामा उदयपुरको छोटो भ्रमणको क्रममा स्थानीय व्यवसायी र उद्योगीहरूको मनोबल बढाउन र वैकल्पिक उपायको खोजीका लागि सल्लाह सुझाव दिन वरिष्ठ उपाध्यक्ष ढकाल उदयपुर आएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए ।

कोभिडको दोस्राे भेरियन्टका कारण लामो समयसम्म रहेको लकडाउनले स्थानीयस्तरमा रहेका उद्योग व्यापार व्यवसाय मारमा परेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयस्तरमा सहकार्य गरेर गर्न सकिने उद्योग व्यवसायको सम्भावनाबारे छलफल गरेका छन् ।

उदयपुरमा रहेका एक दर्जन बढी निजी बैंकहरूमध्ये सबैभन्दा बढी कारोबार गर्ने ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले स्थानीयस्तरमा लगानी बढाउन चासो राखेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष भगतले बताए ।

छलफलमा उदयपुरमा आएमई ग्रुपले लगानी गर्ने निश्चित भएको र लगानी गर्ने क्षेत्रको सम्भाव्यता अध्ययन भइरहेको उपाध्यक्ष ढकाललाई उदृत गर्दै त्रियुगा उद्योग बाणिज्य संघका सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।

होटल आर एनमा भएको छलफलमा उपाध्यक्ष ढकाल सँगको त्रियुगा उद्योग बाणिज्य संघका पदाधिकारी उद्योगी व्यवसायी पत्रकार बैंकर्सहरुको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया