समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर, चौदण्डीगढी नगरपालिकाको वडा नं ५ र ६ मा गरी आज एकै दिन दुई जनाले आत्महत्या गरेको प्रहरी जनाएको छ।
नगरको वडा नं ६ बस्ने पदम राईको श्रीमती २२ बर्षकी फुलमाया राईले आफ्नै घरको कोठामा सलको पासो लगाई आज बिहान् अन्दाजी ११ बजेको समयमा झुण्डी आत्महत्या गर्ने प्रयास गरी झुण्डीएको अवस्थामा फुलमाया राईकै बहिनीले देखी पासो काटी तत्काल उपचारको लागी नगर अस्पातल बेल्टार पठाइएको र थप उपचारको लागी धरान घोपा लगिएकोमा उपचारको क्रममा राइको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उता नगरकै वडा नं. ५ सुन्दरपुरका ६३ वर्षीय जीवनाथ ढकालले आज साँझ ४ बजेको समयमा झुण्डिएर आत्महत्या गरेका ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी दिनु भएको छ।
ढकालले आफ्नै घरको कोठामा रहेको झ्यालको डण्डीमा नाइनलको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
दुबै जनाको आत्महतको कारण भने खुल्न सकेको छैन।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया