समाचार/लेखलाई सेयर गर्नुहोस् ।

बेल्टार, चौदण्डिगढी नगरपालिकाको ईलाका प्रहरी कार्यालय बेल्टारले पुराना घटनाका फरार अभियुक्तलाई नियन्त्रणमा लिन थालेको छ। भख्खरै मात्रै ईलाका प्रहरी कार्यालय बेल्टारको प्रमुखका रुपमा आएका प्रहरी निरीक्षक छे फिन्जो भोटेले फरार अभियुक्तलाई नियन्त्रणमा लिएर सम्मानित जिल्ला अदालत उदयपुरमा बुझाउने कार्यलाई तिब्रता दिएका छन।
करीब १० बर्ष अघी देखी फरार रहेका जवर्जस्ती करणीका र कारीब ७ बर्ष देखी बैदेशिक रोजगार ठगी मुद्धामा फरार रहेका अभियुक्तहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टार बाट प्रहरी निरीक्षक भोटेको बिशेष कमाण्डमा  खटिएको टोलीले नियन्त्रणमा लिएकाे हो।
२०६६ साल देखी जवर्जस्ती करणी मुद्धाका फरार अभियुक्त नारायण बहादुर राउत र बैदेशिक रोजगार ठगी मुद्धाका फरार अभियुक्त सुजन राइलाई प्रकाउ गरी सम्मानित जिल्ला अदालत उदयपुरलाई बुझाएको हो।
पक्राउ परेका फरार अभियुक्तहरु मध्यका राउतको ७ बर्ष जेल सजाय भुक्तान गर्न बाकी रहेको छ भने बैदेशिक रोजगार ठगी मुद्धाका फरार अभियुक्त राइको १ लाख ५० हजार जरिवान र १ बर्ष ६ महिना ३ दिन जेल सजाय भुक्तान गर्न बाकि रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय बेल्टारमा प्रमुखको जिम्मेवारी बोकेर आएका प्रहरी निरीक्षक छे फिन्जो भोटेले नगर भित्र शान्ती सुरक्षा कायम गराउनु आफ्नो पहिलो कर्तब्य रहेको हुँदा पुराना घटनाका फरार अभियुक्तहरुलाई न्यायीक कठ्गरामा ल्याएर पिडीतलाई न्याय दिनु आफ्नो पहिलो कर्तब्य रहेको जानकारी दिनु भएको छ।
हामी संगको कुराकानीमा प्रहरी निरीक्षक भोटेले अझै बाकी रहेका फरार अभियुक्तलाई छिट्टै नियन्त्रणमा लिएर पीडितलाई न्याय दिलाईने प्रतिबद्धता ब्यक्त गरेका छन।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया