समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि देशको आर्थिक गतिविधि ठप्प रहेका बेला उदयपुरको त्रियुगा नगरपालीकाले छुटको घोषणा गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

लक डाउनका कारण नगर क्षेत्रका सम्पुर्ण व्यपार व्यवसायी बन्द भएको कारण व्यवसायीहरु मार्कामा परेको भन्दै नगरपालीकाले कर छुटको निर्णय गरेको हो ।

उदयपुर नगरपालीकाले चैत, बैशाख, जेठ र असार महिनाको घरबाहाल घर समेत छुट दिनुका साथै व्यवसायी करमा समेत ४ महिनाको छुट दिने लगायतको निर्णय भएको त्रियुगा नगरपालीकाले जनाएको छ ।

नगरपालीकाले रिक्सा, अटो र पार्कीङमा आर्थिक २०७६। ७७ र आर्थिक बर्ष २०७७। ७८ सम्मको कर समेत मिनाहा गर्ने निर्णय गर्नु का साथै साना तथा मझौला उद्योग दर्तामा तथा नविकरणमा ५० प्रतिशित छुट समेत दिने बताईएको छ ।

लामो समय व्यवसाय घर बाहिर निस्कन नपाएको तथा व्यपार व्यवसाय समेत बन्द भएको कारण कर तिर्न समस्या रहेको भन्दै नगरपालीकाले आफना नगर क्षेत्रका नागरीक हरुलाई राहात पुरयाउने उदेस्यले यस्तो निर्णय गरीएको त्रियुगा नगरपालीकाका मेयर बलदेव चौधरीले बताए ।

नगरपालीकाले करमा छुटमा दिने निर्णय भएसंगै उद्योगी व्यापारीहरु निकै खुसि भएका छन । उनिहरुले कोरोना भाईसर रोकथामका लागी सरकारले गरेको लक डाउनको पुर्ण पालना गरीरहेको भन्दै नगरले करमा छुट दिने निर्णय गरेका कारण आफुहरु निकै खुसि भएको भन्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका उपाध्यक्ष रमेश वि.कले नगरपालीकालाई धन्यवाद समेत दिएका छन ।

माहामारीका रुपमा रहेको कोरोना भाईरसका कारण आर्थिक गतिविधी ठप्प भएको समयमा त्रियुगा नगरपालीकाले उद्योगी व्यवसायी, कोठा भाडा बस्नेत लगाायतका लागी राहातको प्याकेज दिएको बताउदै आएको छ ।

नगरपालीकाले घोषण गरेको करछुटले व्यवसायीहरु उत्हासीत भएपनी नगरपालीकाले घोषणा गरे बमोजीम घरबेटीहरुले घर भाडामा छुट दिने हुन या हैनन यसमा भने प्रश्न उव्जीएको छ ।

तपाईको प्रतिक्रिया