समाचार/लेखलाई सेयर गर्नुहोस् ।

मंसिर ८ ,आईतबार

कृपया यो पेज Like गर्नु होला

कटारी /उदयपुरको कटारी नगरपालिका ८ मा शनिबार साँझ ६.४५ मा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा कटारी नगरपालिका ३ का ३७ वर्षिय सन्तोष कार्कीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक रामनारायण माझीका अनुसार स ११ प ३२२२ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको हो ।

कटारीकै बेतेनीबाट कटारी तर्पm आउँदै गर्दा मोटरसाईकल दुर्घटनामा परेको । मोटरसाईकल ट्रकसँग ठोकिएर दुर्घटना भएको बताईएपनि घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कटारीले थप खुलाउन चाहेको छैन् । घटनाको अनुसन्धान भईरहेको छ । दुर्घटनामा कार्कीको मृत्यु भएको भने प्रहरीले पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया